आइतबार, साउन १२, २०८२

आमसञ्चार क्षेत्रबारे अध्ययन गरी सुझाव दिन समिति गठन

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- सरकारले आमसञ्चार क्षेत्रको नीति, कानुन तथा नियमनका विषयमा सुझाव दिन समिति गठन गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा समिति गठन  भएको हो।

समितिका सदस्यहरूमा महासंघका पूर्वअध्यक्षद्वय गोविन्द आचार्य र महेन्द्र विष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र पत्रकार बबिता बस्नेत छन्। समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ।

समितिसँगको संक्षिप्त छलफलमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारका क्षेत्रमा नीति निर्माण र कानुन परिमार्जन गर्न आवश्यक देखिएकाले आमसञ्चार क्षेत्रका विज्ञहरुलाई त्यसको तयारी गर्ने जिम्मेवारी दिइएको बताइन्।

समितिको सुझाव प्राप्त भएपछि आमसञ्चार विधेयकको अन्तिम मस्यौदा तयार गर्ने मन्त्रालयको योजना छ।
 

प्रकाशित: Mar 16, 2023| 17:35 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्