सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ।
बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर तीनपाटन गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।