शुक्रबार, जेठ ३, २०८२

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट

गाँजा खेतीलाई वैधानिकताको मागसहित विभिन्न कार्यक्रम हुँदै आए विभिन्न निकाय तथा राजनीतिक दलले पहल नगरेपछि सर्वोच्च पुग्नुपरेको संघको प्रतिक्रिया।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन हालिएको छ। बिहीबार लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत नेपालमा गाँजासम्बन्धी कानुन निर्माण गरी वैधानिकता दिनुपर्ने माग गर्दै  नेपाल फर्म व्यवसायी संघले सर्वोच्चमा रिट दायर गरेको हो। 

सर्वोच्चले रिटमाथिको पेशीको समय आगामी चैत ६ लाई तोकेको छ।

नेपाल गाँजा वैधानिक महाभियानका राष्ट्रिय समिति सदस्य रविन्स डाँगीले तीन वर्षदेखि गाँजा वैधानिकताको मागसहित विभिन्न कार्यक्रम हुँदै आए विभिन्न निकाय तथा राजनीतिक दलले पहल नगरेपछि सर्वोच्च पुग्नु परेको प्रतिक्रिया दिए।

रिट निवेदक एवं संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता सरोज अधिकारीले लागूऔषध नियन्त्रण ऐनको परिच्छेद २ दफा ५ (क) मा औषधीय प्रयोजनका लागि साधु,सन्तलगायत तोकिएको वर्गले गाँजा उपभोग गर्न मिल्ने व्यवस्था रहेकाले त्यसैलाई आधार मानेर रिट हालिएको बताए।

प्रकाशित: Mar 16, 2023| 16:33 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्