बिहीबार, जेठ २, २०८२

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको नयाँ मिति सार्वजनिक

मतदाता विद्यार्थीको नाममा विवाद भएसँगै ५ चैतलाई तोकिएको निर्वाचन सहमतिपछि ९ चैतमा तय गरिएको हो।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– त्रिचन्द्र क्याम्पसमा आगामी ९ चैतमा स्ववियु निर्वाचन हुने भएको छ। यसअघि त्रिचन्द्र क्याम्पसका विद्यार्थीबीच निर्वाचनको विषयलाई लिएर विवाद भएपछि उम्मेदवारी दर्ता हुन सकेको थिएन। त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले ९ चैतमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

बिहीबार मतदाता नामावली प्रकाशन, ३ चैतमा मतदाता नामावलीमाथि दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन, ४ चैतमा मनोनयन पत्र वितरण र सोही दिन उम्मेदवारी दर्ता कार्यतालिका सार्वजनिक गरिएको छ।

प्रक्रिया पूरा भएपछि ९ चैत बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समिति संयोजक राजेन्द्र गौतमले बताए। मतदाता विद्यार्थीको नाममा विवाद भएका कारण ५ चैतमा चुनाव हुन नसकेको हो।

भर्ना नभएका र पुराना विद्यार्थीलाई समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले विरोध गरेका थिए।

तर स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै नेविसंघले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सी/टेबल तोडफोड गरेको थियो।

Metro Mart
worldlink

क्याम्पसका सहायक प्रमुख शिवकुमार महतोले विद्यार्थी संगठनसँगको समझदारीमै नयाँ निर्वाचन तालिका तय गरिएको बताए। त्रिचन्द्र क्याम्पसमा विगतदेखि नै नेविसंघको दबदबा रहँदै आएको छ।

तर यस पटकको स्ववियु निर्वाचनमा कांग्रेस संस्थापनबाट विपिन ढुंगाना सभापतिका उम्मेदवार रहेका छन् भने संस्थापन इतर पक्षबाट सुमन बसौला चुनावी मैदानमा छन्।

प्रकाशित: Mar 16, 2023| 16:14 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्