शुक्रबार, जेठ ३, २०८२

भण्डारण गृह नहुँदा बोरामै कुहिन्छ ढोरपाटनको आलु

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

बागलुङ- ढोपाटनको आलु देशरभर चर्चित छ तर बजारीकरणका लागि अझै समस्या रहेको किसानहरुले बताएका छन्। आलु पकेट क्षेत्रका रुपमा रहेको ढोरपाटनको प्रमुख खाद्यान्न बाली आलु रहेको छ।

स्थानीय कृषक देवबहादुर विक मौसममा आलु धेरै हुने भएकाले यसको निर्यातमा समस्या देखिएको बताउँछन्। आलु भण्डारण गृह नहुँदा किसानले थन्काएका आलु कुहिने गरेको उनको भनाइ छ।

आव २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई समेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रम सञ्चालन गरी किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो। स्याउ राम्रो उत्पादन हुन नसक्दा धेरै किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भएका छन्।

पछिल्लो समय ढोरपाटन क्षेत्रमा इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि व्यावसायिक स्याउखेतीतर्फ किसान खुसी भएका छन्।

प्रकाशित: Mar 17, 2023| 05:28 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्