शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • युनिटी ट्रेडिङले ल्यायो कोमाकीको डबल ब्याट्री प्याक स्कुटर

युनिटी ट्रेडिङले ल्यायो कोमाकीको डबल ब्याट्री प्याक स्कुटर

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

कोमाकीको नयाँ स्कुटर एलवाइ-प्रो मोडलको डबल ब्याट्री प्याक भएको स्कुटर नेपाली बजारमा आएको छ। नेपालका लागि कोमाकीको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङले यो स्कुटर बुधबार सार्वजनिक गरेको हो। 

हालका लागि यो स्कुटरको नमुना मोडलमात्र बजारमा ल्याएको कम्पनीले ग्राहकको प्रतिक्रियापछि थप लट झिकाउने योजना बनाएको छ।

कोमाकी एलवाइ प्रोले डबल ब्याट्री प्याकले एकपटकको फुल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कोमाकी एलवाइ प्रोमा ३००० वाट क्षमताको हब मोटर दिइएको छ भने ३८ एम्पायरको कन्ट्रोलर छ। कम्पनीका अनुसार यो ब्याट्रीलाई फुल चार्ज गर्न ४ घण्टा ५५ मिनेट समय लाग्छ।

कोमाकी एलवाइ-प्रोमा टीएफटी डिस्प्ले दिइएको छ। यसमा अन-बोर्ड नेभिगेसन, साउन्ड सिस्टम, ब्लुटूथ कलिङ जस्ता फिचर पाउन सकिन्छ। त्यस्तै, यसमा एडभान्स एन्टी स्किड टेक्नोलोजी पनि समावेश छ। यो स्कुटरलाई इको, स्पोर्ट्स र टर्बो मोड गरी विभिन्न तीन मोडमा सञ्चालन गर्न सकिन्छ। 

यसको राम्रो पक्ष भनेको एउटा ब्याट्री चार्जमा राखेर अर्को ब्याट्री हालेर स्कुटर चलाउन सकिन्छ र ब्याकअपको लागि अर्को ब्याट्री लिएर जान सकिन्छ। कम्पनीका अनुसार सिंगल ब्याट्री भएको स्कुटरको मूल्य २ लाख ७४ हजार रुपैयाँ छ। यसमा डबल ब्याट्री हुने भएकाले यसको मूल्य ८० हजार बढी पर्ने कम्पनीले जनाएको छ।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 16, 2023| 15:35 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्