वीरगञ्ज- प्रहरीले पर्साबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया,चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो।
उनीहरूलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना२ह ३०८ नम्बरको अटोमा सवार थिए। मिया अटो चालक हुन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।