शुक्रबार, वैशाख १९, २०८२

बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास

बालुवाटारस्थित प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएपछि साढे ३३ करोड लागतमा नयाँ आवास भवन र सार्वजनिक भवन निर्माण गरिएको हो।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटारमा निर्माण गरिएको सार्वजनिक भवनबाट भेटघाट थालेका छन्।

बुधबार प्रधानमन्त्री प्रचण्डले सोही भवनमा उपराष्ट्रपति निर्वाचनका लागि दस दलीय गठबन्धनको बैठक बेलुकीतिर राखेका थिए। सोही दिन बिहान प्रधानमन्त्री प्रचण्डले सात वटै प्रदेशका प्रदेश प्रमुखहरुसँग पनि सोही भवनमै भेटघाट गरेका थिए।

प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएपछि साढे ३३ करोड लागतमा आवास भवन र सार्वजनिक भवन बनाउन थालिएको थियो। प्रधानमन्त्रीको आवास भवन तीन तले छ भने त्यसमा २२ वटा कोठा रहेका छन्। यो भवन मंसिरमै तयार भएको थियो ।

‘इन्टेरियरसहित सबै काम सकिएको छ। नयाँ सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले  बुधबारदेखि बैठक गर्न थाल्नुभएको छ,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले भने। बंकरसमेत भएका दुवै भवन नेपाली परम्परागत शैलीमा निर्माण गरिएको श्रेष्ठको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले हालै तयार भएको सार्वजनिक भवन बुधबारदेखि प्रयोगमा ल्याएका हुन्। अब प्रधानमन्त्रीले पाहुनासँग यही भवनमा गफिनेछन्। यो भवनमा मिडिया कक्ष पनि निर्माण गरिएको छ।

Metro Mart
worldlink

प्रकाशित: Mar 16, 2023| 11:57 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्