शुक्रबार, जेठ ३, २०८२

नक्कली नोट र लागूऔषधसहित दाजुभाइ पक्राउ

नक्कली नोट र लागूऔषधसहित झापाबाट दुई जना पक्राउ परेका छन्।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– नक्कली नोट र लागूऔषधसहित झापाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरिया छन्। 

जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले उनीहरुलाई बुधबार लागु औषध र नक्कली नोटसहित घरबाटै पक्राउ गरेको हो।

उनीहरूको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद भएको छ। 

त्यस्तै, मोबाइल, एम्पुल लागूऔषध, विभिन्न ११ देशका नोटहरु पनि बरामद भएको प्रहरीले जनाएके छ।

प्रकाशित: Mar 16, 2023| 10:20 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्