काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा वित्तिय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको व्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन्।
गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तिय संस्थाको व्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाएपनि ४२ वटा ब्यापार संगठन आवद्ध बैंकको व्यादरविरुद्ध मुल संघर्ष समितिले भने व्याजदरविरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।
‘बैक तथा बित्तिय क्षेत्रले केही महिना अघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा व्याजदर १७ देखी १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दै बैकिङ आतंक बिरुद्ध आन्दोलन जारी रहने जनाएका हुन्। संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन्।
‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समुहले सम्पुर्ण उद्योग ब्यावसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहान्छौं, संघर्ष समितिको शान्तिपुर्ण बिरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेकाे संयुक्त संघर्ष भनाइ छ।