पोखरा- पोखरा महानगरपालिका १३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीलाई होटेल सम्बन्धि नि:शुल्क तालिम दिएको छ। एक महिनासम्म चलेको तालिम पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको वडा नम्बर १३ का अध्यक्ष किरण बरालले बताए। उनले तालिममा ४१ पुरुष र ३० महिला गरि ७१ जनाको सहभागीता रहेको बताउदै तालीममा सहभागीहरूलाई बारिस्ता तालिम दिएको बताए।
सहभागीलाई महेन्द्रपुलस्थित एभरेष्ट इन्स्टिच्युटले तालिम प्रदान गरेको थियो। ‘तालिमले स्थानीय युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर बनाइ थप जीवनयापन गर्न सहज विश्वास गरेका छौ,’ उनले भने, 'सीप सिकौ र आत्मनिर्भर बनौँ भन्ने अभियानका साथ तालिम आयोजना गरिएको थियो।'
तालिममा सहभागीलाई महानगरका शिक्षा शाखाका प्रमुख हेमप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए।