सोमबार, साउन १३, २०८२

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन उपस्थित

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार काठमाडौँमा आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका छन्।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो। 

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए।

प्रकाशित: Mar 15, 2023| 21:12 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्