काठमाडौं- बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ। बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्नो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो।
सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्राचारमार्फत उक्त चेतावनी दिएको हो।
महानगरपालिका र स्थानीय सरोकारावालाबीच पटक-पटक छलफल भएर सहज भएको फोहोर मैला विसर्जन पुन : रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ।