सोमबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • खर्च कटौतीको अर्को निर्णय: मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

खर्च कटौतीको अर्को निर्णय: मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक अवस्थामा बाहेक मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसैगरी बैठकले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरेको छ।

बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको छ भने यती एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ।

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइन एनएएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज ११ बजेतिर पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए।

 

प्रकाशित: Mar 15, 2023| 15:59 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्