सोमबार, साउन १३, २०८२

संघीय कार्यालय मातहतका कर्मचारीको विवरण माग

मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय मातहत कार्यरत सबै कर्मचारीको विवरण मागेको छ।

मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो।
बुधबार मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन परिपत्र गरेको छ।

मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति संगठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ।’

प्रकाशित: Mar 15, 2023| 12:50 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्