काठमाडौं- बाँकेमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ।
बालिकामाथि बलात्कार गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि घटनबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।