शनिबार, जेठ २५, २०८२

भाडा माग्दा वडा कार्यालयलाई व्यवसायीको धम्की

काठमाडौं महानगरपालिका–२६ नम्बर वडा कार्यालयले भाडा नतिर्ने गोंगबु क्षेत्रका २६ जना व्यवसायीलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका–२६ नम्बर वडा कार्यालयले भाडा नतिर्ने गोंगबु क्षेत्रका २६ जना व्यवसायीलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापास नगरी निर्माण भएका घर/टहरामा व्यवसाय गरिरहेका उनीहरूले दुई वर्षदेखि भाडा तिरेका छैनन्। भाडा तिर्न आग्रह गर्दा उल्टै उनीहरूले धम्कि दिने गरेको पाइएको हो।

वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस वडाअन्तर्गत गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता कायम रहेको कि.नं. २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घरटहराहरूमा व्यवसाय सञ्चालन गरिआएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी जबर्जस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेकोले काठमाडौं महानगर पालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम निम्न व्यवसायीहरूलाई यस कामपा २६ वडा कार्यालयमा १५ दिनभित्र उपस्थित हुन अनुरोध गरिन्छ।’

यी हुन् भाडा नतिर्ने २६ व्यवसायी

१. न्यु बेबी ल्यान्ड

२. रुद्र

३. भीम विक 

४. गणेश शाक्य

५. बिग थकाली

६. सुष्मा घिमिरे

७. सुरेन्द्र ठाकुर

८. लाल कुमार आचार्य 

९. हजुरको खाजा घर

१०. राजकुमार थापा

११. राम लामा

१२. प्रदीप खड्का

१३. नारायण गौतम

१४. सन्तोष घिमिरे

१५. प्रदिप सुवेदी

१६. केपी बर्तौला

१७. रीना

१८. माइक्रो बस समिति

१९. राजेन्द्र कुमार ओझा

२०. लकी सुज

२१. सन्तोष शिवाकोटी

२२. राजेन्द्र दवाडी\

२३. ब्युटी पार्लर

२४. दीपेन्द्र आचार्य

२५. वीरेन्द्र गुरुङ 

२६. आईएमई

प्रकाशित: Mar 15, 2023| 10:21 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्