शनिबार, जेठ २५, २०८२

बोगटान फुड्सिल बन्यो साक्षर पालिका

डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।

पालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमका बिच पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो।

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख सिंहले यसलाई दिगो व्यवस्थापन तर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए।

बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए।

गाउँपालिका अन्तरगत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदार अखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ। त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको पालिकाले जनाएको छ।

प्रकाशित: Mar 15, 2023| 08:03 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्