शनिबार, जेठ २५, २०८२

बस्तीमा फेला परेको मृगको उद्धार

विदुर नगरपालिका-२ शिवालयटोलमा फेला परेको मृगको उद्धार गरिएको छ।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

नुवाकोट- विदुर नगरपालिका-२ शिवालयटोलमा फेला परेको मृगको उद्धार गरिएको छ। बालबालिकाले फेला पारेको मृग डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको हो। 

बस्तीमा मृग देखेपछि स्थानीयले वन कर्मचारीलाई खबर गरेका थिए। वनको टोलीले उद्धार गरी सुरक्षित बासस्थानमा छोडेको डिएफओ दीर्घनारायण कोइरालाले जानकारी दिए।

उक्त मृगलाई वनदेवी सामुदायिक वनको मन्दिरभन्दा माथि बाक्लो जंगलमा छाडिएको बताइएको छ।

प्रकाशित: Mar 15, 2023| 06:44 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्