शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रियलमीले बाँड्यो अचिभर रिटेल डिस्ट्रिब्युटरलाई स्कुटर

रियलमीले बाँड्यो अचिभर रिटेल डिस्ट्रिब्युटरलाई स्कुटर

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ। यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो। 

२१ मध्ये ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ।

उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए।

त्यस्तै गरी जनकपुरबाट एम टेक,  ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप  र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए। 
 

प्रकाशित: Mar 14, 2023| 19:00 मंगलबार, फागुन ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्