काठमाडौं- काठमाडौंको दक्षिणकाली नगरपालिका-२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१- ००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका-१ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्सा, पटेर्वासुगौली गाउँपालिका-४ स्थित सडकमा मे.१ त ४८१७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री धोवनी गाउँपालिका-३ गुलरिया बस्ने ७२ वर्षीया महेसिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको वीरगंज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनकुटा, महालक्ष्मी नगरपालिका-४ सिध्दथानस्थित सडकमा को.२ त ७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा मादी नगरपालिका-९ बस्ने ३० वर्षीय गुणन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-२० पानिपियास्थित सडकमा ना.६ ख १७२४ नम्बरको ट्रकले बा.९४ प ७१६० मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीया जेनिशा राईको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
करेन्ट लागेर मृत्यु
घोराही उपमगहानगरपालिका-१२ पेदा बस्ने २९ वर्षीय तिलक विकको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ। सोही ठाउँ बस्ने चौपाराम बुढाथोकीको घरमा हाईटेन्सन लाईनबाट तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
मृत फेला
झापा, शिवसताक्षी नगरपालिका-३ दिङ्लाधापस्थित सडकमा सोही ठाउँ बस्ने ६० वर्षीय कुन्डा मुर्मु सोमबार मृत अवस्थामा फेला परेका छन्। खोटाङ, खोटेहाङ गाउँपालिका-२ मुखिताङ बस्ने ४५ वर्षीय कुलमान राई उनकै छिमेकी राम कुमार राईको घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
डुबेर मृत्यु
शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोक बस्ने बिरेन्द्र मण्डलको छोरा ५ वर्षीय हार्दिक मण्डलको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको छ।