शुक्रबार, वैशाख १९, २०८२

'नेपाल फाइभ पी एक्स्पो' भृकुटीमण्डपमा १० चैतदेखि

 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी एक्स्पो’ भृकुटीमण्डपमा हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसको संयुक्त आयोजनामा २०७८ चैत १० गते देखि १२ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको हो।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले बताएको छ। ‘नेपाल फाइभ पी’ ५ विधाका सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकै ठाउँमा एकीकृत गरी व्यावसायिक साझेदारी, नवीनतम प्रविधि प्रर्दशन तथा संवाद गर्न उक्त प्रदर्शनी एउटा साझा मञ्च हुने विश्वास गरेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेशिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिब कक, इण्डक्सन मोल्डिङ मेशिन, प्रिन्टिङ मेशिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ स्पेयर पार्टस, पेपर मेशिनरी, पेपर कप मेशिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाइ मेशिनरी उत्पादकहरू, प्याकेजिङ मेशिनरी लगायत अन्य थुप्रै उत्पादकको सहभागिता हुने छ।

प्रकाशित: Mar 14, 2023| 12:54 मंगलबार, फागुन ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्