शनिबार, असार ७, २०८२

डोटी जिप र मोटरसाइकल दुर्घटनामा ६ जना घाइते

डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

डोटी- डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।

दिपायल बाट सिलगढी जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडी एक आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष २९ की टङ्क कुमारी उपाध्याय, सोही वडाकी वर्ष ६५ की धौली देवी बिस्ट, वर्ष २४ की दुर्गा देवी विष्ट र डेढ वर्षीय सिर्जन बिस्ट रहेका छन्। त्यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का मोटरसाइकल चालक वर्ष ३२ का विष्णु बोहरा र बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जीर्ण बम रहेको प्रहरीले जनाएको छ।

अहिले घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 14, 2023| 12:34 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्