शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • शंकास्पद रकम नेपाल भित्र्याउने पृथ्वी शाहसहितका ६ जनालाई थुनामा राख्न आदेश

शंकास्पद रकम नेपाल भित्र्याउने पृथ्वी शाहसहितका ६ जनालाई थुनामा राख्न आदेश

जिल्ला अदालत काठमाडौंले ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला थुनामा पठाउने आदेश दिएको हो। 
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं– अमेरिकी नागरिकलाई ठगी गरेको शंकास्पद रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन्। 

जिल्ला अदालत काठमाडौंले ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला थुनामा पठाउने आदेश दिएको हो। 

शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद जेल चलान भएका हुन्। 

पक्राउ परेकी विनिता तामाङसँग भने अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। 

अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको रकम विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको दाबीसहित  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केन्द्रीय २२ पुसमा पक्राउ गरेको थियो। 

३८ करोड ८६ लाख रुपैयाँ ल्याएर उनले खर्च गरेका थिए। उनले त्यसरी ल्याएको थप रकम राष्ट्र बैंकले अनुसन्धानका लागि भन्दै लामो समय रोक्का राखेपछि यो प्रकरण बाहिर आएको थियो। राष्ट्र बैंककै पत्राचारका आधारमा उनीहरू पक्राउ परेका हुन्। 

यो घटनामा अन्य १३ जनाविरुद्ध फरार प्रतिवादीका रूपमा अभियोजन दर्ता भएको छ। 

अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अपराधको पैसा उनले कम्पनीका नाममा भित्र्याएको सीआईबीले जनाएको छ। उनलाई सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए।

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध अभियोगपत्र दायर गरेको थियो।

र यो पनि

शंकास्पद ४० करोडको नालीबेली
 

प्रकाशित: Mar 14, 2023| 12:09 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्