सोमबार, असार ३०, २०८२

गोली लागेर सल्यानमा एक जनाको मृत्यु

सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

सल्यान- सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

सिकार खेल्न गएका जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो।

सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा रावत घाइते भएका थिए।

घाइते रावतलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। मृत्यु भएका रावतको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित: Mar 14, 2023| 11:50 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्