शनिबार, असार ७, २०८२

डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना

डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

धनगढी- डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

सिलगढीदेखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 14, 2023| 11:19 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्