शुक्रबार, वैशाख १९, २०८२

भदौमा लगानी सम्मेलन गर्दै बोर्ड

सम्मेलनमा विश्वभरका सम्भावित लगानीकर्ता, दातृ निकाय, विज्ञ तथा सरोकारवालालाई सहभागी गराउने तयारी।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं– लगानी बोर्डको कार्यालयले आगामी भदौमा लगानी सम्मेलन गरिने बताएको छ।

बोर्डले सम्मेलनसम्बन्धी अवधारणापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत गराएर आवश्यक तयारीका काम गरिरहेको जनाएको हो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार आगामी भदौमा सम्मेलन गर्ने गरी प्रारम्भिक तयारी बोर्डले थालेको छ। 

उनले भने, ‘लगानी बोर्डका हालसम्मका उपलब्धि, नेपालमा लगानीका नयाँ सम्भावित परियोजना, लगानी प्रवद्र्धनमा बोर्ड कार्यालयको प्रवद्र्धनात्मक भूमिका, योजनालगायत विषयमा सर्वपक्षीय छलफल तथा संवाद गर्ने गरी सम्मेलन गर्ने तयारी सुरु भएको छ।’ 

सम्मेलनमा विश्वभरका सम्भावित लगानीकर्ता, दातृ निकाय, विज्ञ तथा सरोकारवालालाई सहभागी गराउने तयारी भइरहेको उनको भनाइ छ। 

Metro Mart
worldlink

‘लगानी बोर्ड स्थापनाको १२औं वर्ष पुग्नै लाग्दा नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको र त्यसका प्रमाणका रूपमा हामीले प्रवद्र्धन गरेका सफल परियोजनाका अवस्था पनि देखाउनेछौं’, भट्टले भने, ‘लगानी प्रवद्र्धनका लागि बोर्ड कार्यालयले विकसित गरेका प्रणाली, गरिरहेका गतिविधि र परियोजनामार्फत प्राप्त हुने प्रतिफलसमेत सरोकारवालालाई प्रस्ट पार्दै लगानीकर्तालाई विश्वासमा लिन सफल हुने अपेक्षा छ।’ 

सम्मेलनलाई सफल बनाउन हाल चरणबद्ध कार्ययोजना निर्माण भइरहेको र सोही योजनाअनुसार सम्मेलनलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने दिशामा बोर्ड कार्यालय लागिरहेको उनले जानकारी दिए।

आफैंले अध्ययन गरेर कार्यान्वयनयोग्य मानिएका परियोजनालाई ‘सोकेस’मा राख्ने तयारी बोर्डको छ।

उनका अनुसार बोर्डले सम्मेलनमा प्रदर्शन गर्ने सकिने परियोजना पठाउन प्रदेश सरकार तथा संघीय मन्त्रालयहरूलाई पनि पत्राचार गरेको छ। त्यस्तै, सम्मेलनमा आमन्त्रण गर्ने विदेशी लगानीकर्ता, विज्ञ, दातृ निकाय, कूटनीतिक नियोगहरू, स्वदेशी निजी क्षेत्र, उच्च पदस्थ अधिकारीलगायतको सूची बनाउने काम भइरहेको जनाइएको छ।    

आगामी बैठकमा यससम्बन्धी प्रस्ताव लगेर बोर्ड सदस्यमाझ छलफल गराई थप सुझाव लिने कार्यालयले तयारी गरिरहेको छ। सम्मेलनबारे बोर्ड बैठकमा पनि प्रस्ताव लैजाने र त्यसमाथि बैठकको रायसुझाव लिन विस्तृत कार्ययोजना बनाइरहेको बोर्डका उपसचिव रमेश अधिकारीले जानकारी दिए।

बोर्डले अहिले लगानी सम्मेलनका पूर्वतयारीका काम गरिरहे पनि सम्मेलन सम्बन्धमा बोर्ड बैठकले भने निर्णय गरिसकेको छैन । 

प्रकाशित: Mar 14, 2023| 11:11 मंगलबार, फागुन ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्