सप्तरी- सप्तरीमा पोखरीमा डुबेर एक बालकको मुत्यु भएको छ। शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा मुत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा मुत्यु भएको हो।