शनिबार, असार ७, २०८२

वीर अस्पातालका पाँच स्टाफ नर्सलाई हटाइयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्तर्गत कार्यरत स्टाफ नर्सलाई सेवाबाट हटाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।

गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ) बमोजिम सेवाबाट हटाइको हो।

प्रकाशित: Mar 14, 2023| 09:20 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्