शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सचिव र सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

सचिव र सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताब खानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएको हो। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ।  

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अधावधिक भए नभएको बुझ्न विवरणबारे जानकारी लिन खोजिएको स्रोतले बतायो। 

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयम् कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ।

हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन्।

प्रकाशित: Mar 14, 2023| 07:48 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्