आइतबार, असार ८, २०८२

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

पोखरा- गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मिनिट्रकले बा ८६ प १७८६ नम्बरको मोटरसाइकल र पैदलयात्रुलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।

दुर्घटनास्थलबाट ८ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गोरखा पुर्‍याइएकोमा एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 13, 2023| 17:26 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्