काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन्।
सोमबार शीतलनिवासमा राखिएको सपथ कार्यक्रम समापनलगत्तै राष्ट्रपति पौडेलले सहिद स्मारक गएर सहिदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन्।
राष्ट्रप्रमुख र सरकार प्रमुखले आफूले जिम्मेवारी सम्हालेसँगै सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्ने प्रचलन रहिआएको छ। राष्ट्रपति पौडेले २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका थिए।