शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमभी दुगडले ल्यायो विद्युतीय स्कुटर जेसिट्स, यस्ता छन् विशेषता [भिडियोसहित]

एमभी दुगडले ल्यायो विद्युतीय स्कुटर जेसिट्स, यस्ता छन् विशेषता [भिडियोसहित]

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पहिलो पटक विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय दुई पांग्रे स्कुटर ‘जेसिट्स’ सार्वजनिक गरेको हो। 

एमभी दुगड ग्रुपले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्रान्ड जेनिट्सको स्कुटर नेपालमा भित्र्याएको कम्पनीको भनाइ छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा जेसिट्स स्कुटर सार्वजनिक गरिएको हो। कम्पनीको सोरुम नक्सालमा छ।

विद्युतीय स्कुटर जेसिट्सले नेपालीमा एमभी दुगडको बजार विस्तारलाई सहयोग पुर्‍याउनेमा कम्पनी सकारात्मक छ। 
जेसिट्स स्कुटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ। यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री दिइएको छ भने एक पटकको पूरा चार्जमा एक सय किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। यसको ब्याट्री पूरा चार्ज हुन जम्मा ९० मिनेट लाग्ने समेत कम्पनीले जनाएको छ। यसको लागि जम्मा १.३ युनिट विद्युत खपत हुन्छ। 

कम्पनीले यसको स्मार्ट एलइडी ब्याट्रीमा तीन वर्षको वारेन्ट दिएको छ। स्कुटरमा डिस्क ब्रेक दिइएको छ भने प्रत्येक मोटर प्रणाली सिधैं एन्ड्रोइड अपरेटिङ सिस्टममा जडान हुन्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोन मार्फत स्कुटरको गति, तापक्रम, भोल्टेजहरूबारे जानकारी पाउन सक्छन्। 

यसमा राइडर र यात्रुको लागि आरामदायी सिट दिइएको छ। जेसिट्स स्कुटरको अगाडिको डिजाइन सार्क स्नाउट र डिआरएलसहितको एचआइडी प्रोजेक्सन हेड ल्याम्प रहेको छ। यसमा पुरै एलइडी टेल ल्याम्प, ड्राइभ बेल्ट, रियर मोनो सक, डिजिटल ड्यासबोर्ड लगायत विशेषताहरू छन्। 

Metro Mart
worldlink

चालककोले जेसिट्स विद्युतीय स्कुटरलाई इको, अर्बन र स्पोर्ट गरी तीन मोडमा चलाउन सक्नेछन्। शून्यदेखि ५० को स्पीडसम्म पुग्न यसलाई जम्मा ५ सेकेन्ड लाग्छ। स्कुटरको अधिकतम स्पीड ७६ किलोमिटर प्रतिघण्टा तोकिएको छ। 

वातावारण प्रदुषण नियन्त्रणसँगै विद्युतीय सवारी साधनहरूको सञ्चालन खर्च पनि कम पर्ने हुँदा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन चलाउन सल्लाह दिए। 

विवेक अटोमोबाइल्सले नेपाली बजारमा विद्युतीय जेसिट्स रातो, सेतो र कालो गरी ३ विभिन्न रंग विकल्पमा सार्वजनिक गरेको हो। कम्पनीले हाल यसको सुरुआति बजार मूल्य तीन लाख ५० हजार रुपैयाँ तोकेको छ। 

प्रकाशित: Mar 13, 2023| 15:54 सोमबार, फागुन २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्