आइतबार, असार ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • साथीकै संलग्नतामा काठमाडौंमा एक जनामाथि खुकुरी प्रहार, तीन जना पक्राउ

साथीकै संलग्नतामा काठमाडौंमा एक जनामाथि खुकुरी प्रहार, तीन जना पक्राउ

ज्यान मार्ने अभियोग लागेर फरार रहेका तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं-  ज्यान मार्ने अभियोग लागेर फरार रहेका तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। यही २७ फागुनमा काठमाडौं महानगरपालिका-१६ बालाजु गंगाहल नजिक सडक छेउमा एक जना व्यक्तिलाई हतियार प्रयोग गरी कुटपिट गरेर फरार रहेका तीन जनालाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो। 

प्रहरीले घाइते व्यक्तिलाई उपचारको लागि बालाजुस्थित सिल्भर लाइन अस्पतालमा पुर्‍याएकोमा उनको त्यहाँ उपचार भइरहेको छ। घाइते हुनेमा पर्नेमा नुवाकोट विदुर नगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु गुम्बा बस्दै आएका २४ वर्षीय सुमन पण्डित रहेका छन्। उनको मुख र ढाडमा चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

प्रहरीले घटनामा संलग्नको खोजी गर्ने क्रममा सोही दिन तारकेश्वर नगरपालिका-९ फुटुङबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ घर भई हाल तारकेश्वर-८ नेपालटार बस्दै आएका २० वर्षी जेन राई रहेका छन्। उनी घाइते पण्डितका चिनजानका व्यक्तिसमेत रहेको प्रहरीको भनाइ छ। यस्तै १८ वर्षीय निसान राई र  २८ वर्षीय दिनेश तामाङ रहेका छन्।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 13, 2023| 12:41 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्