आइतबार, असार ८, २०८२

भिजन लुम्बिनी ऊर्जाले आईपीओ निष्कासन गर्दै

भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले विद्युत नियमन आयोगबाट सहमति पाएसँगै फागुन २१ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर २ र यसको अलावा वडा नम्बर १,३,४ र पोखरा महानगर पालिकाको वडा नम्बर १९ को केही भागमा रहने छ।

प्रकाशित: Mar 13, 2023| 10:45 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्