धनगढी- धनगढीस्थित शिवपुरी सामुदायिक बनमा आगलागी भएको छ। आइतबार राति करिव सवा ८ बजेतिर धनगढी उपमहानगरपालिका-३ शिवपुरीधाम बोराडाडीको शिवपुरी सामुदायिक बनमा आगलागी भएको हो।
आगो केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए।