आइतबार, असार ८, २०८२

आज देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो।  
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठकमाडौं- देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

आज दिउँसो  देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।  देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  

विभागका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

प्रकाशित: Mar 13, 2023| 06:38 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्