काठमाडौं- दाङमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। गत शुक्रबार राति साढे १ बजे दुई युवकले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पीडितका श्रीमान् अपाङ्ग रहेको र मागेर गुजारा टार्दै आएकोमा उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए।
सडकमा सुतिरहेका श्रीमान्माथि कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको हो।
अपाङ्ग श्रीमान्को उपचार गराउन उनीहरू तीन महिनाअघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा उपचारको लागि रकम अभाव भएपछि बाटोमा मागेर गुजारा गरिरहेका थिए। घटना भएको दोस्रो दिन उनीहरूले जिल्ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए।