सुनसरी- आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को१ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो।
सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ। दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।