आइतबार, असार ८, २०८२

सिन्धुली बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

बस दुर्घटनामा ज्यान गुमाउमध्ये सिद्धिचरण नगरपालिकाका पेशल भुजेल, मानेभन्ज्याङ पालिकाका देवबहादुर सार्की र कटारी नगरपालिकाका कुमारी मगरको सनाखत भएको हो।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये तीन जनाको सनाखत भएको छ। उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा  ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभन्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस  बिहान दुर्घटनामा परेको थियो। बसमा चालकसहित ३६ यात्रु सवार थिए। १६ घाइतेलाई उपचारका लागि काठमाडाँै लगिएको सिलवालले जानकारी दिए।

तीमध्ये आठ जनालाई हेलिकोप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं लगिएको हो। सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ। बसको ब्रेक फेल भई अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 12, 2023| 16:45 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्