शनिबार, वैशाख २०, २०८२

मन्त्री होइन, प्रधानमन्त्री बन्न चाहन्छु : गगन थापा

प्रधानमन्त्री प्रचण्डलाई दल वा गठबन्धनको नेता नभई सरकारको नेता हुन गगनको सुझाव।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– सांसद एवं कांग्रेस महामन्त्री गगनकुमार थापाले मन्त्री नभई प्रधानमन्त्रीका लागि तयारी गरिरहेको बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलमा नेताको चुनाव लडे पनि पराजित भएको बताएका हुन्।

थापाले भने, ‘म मन्त्री बन्ने लाइनमा छैन। प्रधानमन्त्री बन्ने हो।’ उनले अर्थतन्त्र सुधारका लागि सरकारले समय अभावलाई बुझ्न सक्नुपर्ने औंल्याए। प्रचण्ड सरकारलाई काम गर्न ४/५ महिनाको समय मात्रै दिइएकाले त्यतिन्जेलसम्म अर्थतन्त्र नसुध्रिए गठबन्धनको अर्थन नहुने थापाको भनाइ छ।

मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले आँखा लगाइरहनुपर्ने सुझाव गगनले दिए। ‘हामीसँग स्रोत–साधन अभाव छ। त्योभन्दा धेरै समय अभाव छ। प्रधानमन्त्रीले त्यो अभाव अनुभूति कति गर्नुभएको छ भन्ने कुराले गन्तव्यको अनुमान लगाउन सकिन्छ। यदि अबको पाँच महिनामा सरकारले केही गरिरहेको छ भन्ने अनुभूति हुन नसके संख्या जति भएपनि केही हुँदैन। गठबन्धन जति ठूलो भए पनि केही अर्थ रहँदैन,’ थापाले भने।

अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, प्रधानमन्त्री डराउनुपर्ने उनको धारणा छ। उनले प्रधानमन्त्री प्रचण्डलाई दल वा गठबन्धनको नेता नभई सरकारको नेता हुन सुझाए।

प्रकाशित: Mar 12, 2023| 15:49 आइतबार, फागुन २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्