शनिबार, वैशाख २०, २०८२

पहिलो कारोबार दिन सेयर बजार राताम्य

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

सेयर बजार परिसूचक नेप्से आइतबार दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २६.८ अंकले घटेर १९ सय ७५ अंकमा कायम भएको हो। 

दिनभर १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। २६ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ६ को स्थिर रह्यो।

सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन्। बैंकिङ २२, विकास बैंक ५२, फाइनान्स २८, होटल तथा पर्यटन ३१, जलविद्युत ३८, जीवन बिमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बिमा ११९, अन्य ८ र व्यापार उपसमूह २४ अंक घटे। शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। युनिक नेपाल लघुवित्तको ४ र नाडेप लघुवित्तको ३ प्रतिशत बढेको छ।

हिमालयन बैंकको सेयर मूल्य ६.३ प्रतिशत घट्यो। नेपाल इन्स्योरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, लुम्बिनी जनरल इन्स्योरेन्स, निफ्रा र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे।

प्रकाशित: Mar 12, 2023| 15:27 आइतबार, फागुन २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्