शनिबार, वैशाख २०, २०८२

आयात र निर्यात दुवै घट्यो

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्यांकअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुसार सात महिनामा ९३ अर्ब ४३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७ दशमलव ७ प्रतिशत, चीनमा १३ दशमलव ४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

सात महिनाको अवधिमा नेपालले रु नौ खर्ब १८ अर्ब १७ करोड बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको भए पनि चालु आवको सोही अवधिको तुलनामा १९ दशमलव ९ प्रतिशतले आयात घटेको हो । 

सो अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । 

Metro Mart
worldlink

सात महिनामा भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आयात निर्यात दुबै घट्दा नेपालको व्यापार घाटा पनि घटेको छ । चालु आवको सात महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रू आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक सय २८ अर्ब १७ करोड बराबरको भएको थियो ।

प्रकाशित: Mar 12, 2023| 15:16 आइतबार, फागुन २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्