काठमाडौं- विराटनगरबाट प्रहरीले हुण्डि कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। उनलाई यही २५ फागुनमा पक्राउ गरिएकोमा प्रहरीले आज सार्वजनिक गरेको हो।
विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित को२९प ९७३९ नम्बरको मोटरसाइकलमा सवार विराटनगर-१५ सुडी वस्ती वस्ने ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट चार लाख पचहत्तर हजार रुपैयाँ, विभिन्न बैंकको चेक, एटीएम कार्ड, भौचर र एक थान मोवाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ जिल्ला अदालतबाट हुण्डि सम्बन्धि कसूरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।