आइतबार, असार ८, २०८२

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

पाल्पा- माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना दुर्घटना हुँदा चालकको ज्यान गएको हो।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका– ११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो। उहाका अनुसार गुरुङ्गको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। टिपरमा सवार माथागढी गाउँपालिका –४ झडेवा बस्ने ५० वर्षीय हुमबहादुर परियार घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ। घाइते परियारको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ। टिपर सडकबाट ४० मिटर तल खसेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए।

प्रकाशित: Mar 12, 2023| 11:22 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्