शनिबार, वैशाख २०, २०८२

एकैदिन तोलामा १७ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं- नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तोलामा १७ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ कायम छ। गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो।

प्रकाशित: Mar 12, 2023| 11:04 आइतबार, फागुन २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्