आइतबार, असार ८, २०८२

सिन्धुलीमा बस पल्टिँदा ५ को मृत्यु, २४ घाइते

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटनामा परेको हो।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटनास्त हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। 

आज बिहान भएको बस दुर्घटनामा परेकाको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। हालसम्म मृतक तथा घाइतेको नाम खुलिनसकेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार बा२ख ६५९६ नम्बरको यात्रुवाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Mar 12, 2023| 10:44 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्