काठमाडौं- स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालमा आज बिहानैदेखि सेवा रोकिएको छ। केन्द्रीय सर्भरमा समस्या समस्या देखिएको भन्दै अस्पतालहरूले स्वास्थ्य बीमा सम्वन्धित सबै सेवा स्थगित गरेका हुन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ्ग अस्पताल)ले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बिहान ७ बजेदेखि सर्भरमा समस्या आएको पुष्टि गरेका छन्। उनले सर्भरमा समस्या हुँदा देशभरकै सेवा प्रदायक अस्पतालमा सेवा अवरुद्ध भएको बताए।
अहिले प्राविधिक सर्भर सुचारु गर्न काम गरिरहेको उनले बताए। अस्पतालले यस्तो सूचना जारी गरेपछि वीमामार्फत स्वास्थ्य उपचार गर्न पुगेका आम सर्वसाधारण तथा बिरामी समस्यामा परेका छन्।
स्वास्थ्य बिमाको काम शनिबार बन्द हुने भएकोले आज आइतबार बिहानैदेखि सेवाग्राहीको भिड बढेको थियो। तर, सेवा रोकिदा उनी भने अलमलमा परेका छन्।