बिहीबार, साउन ९, २०८२

आरआर क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं- रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको हो। घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। 

गृहमन्त्रालयले यस्ता घटना नियन्त्रणका लागि निगरानी गर्न र उच्छङ्खल गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयले यसअघि नै निर्देशन दिइसकेको छ। स्ववियु निर्वाचन आगामी चैत ५ मा हुँदैछ। 

प्रकाशित: Mar 12, 2023| 06:39 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्