स्याङ्जा- स्याङ्जाको वालिङस्थित आँधीखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। वालिङ नगरपलिका ८ मा रहेको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १६ वर्षीय कुशल भुसालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीका अनुसार साथीहरुसँग पौडी खेल्न गएका बेला भुसाल खोलामा डुबेका हुन्।
सँगै गएका साथीहरुले भुसाल खोलामा डुबेको जानकारी गराएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा खोलाबाट शव निकालेका हुन्। किशोरको शव पोष्टमार्टमका लागि स्थानीय प्राथमिक अस्पताल वालिङमा राखिएको प्रहरीले जनाएको छ।